२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

संसद्का प्रश्नबाट ध्यान मोड्न अफवाह फैलाइएको आरोप, तथ्यसहित जवाफ दिन ज्ञानेन्द्र शाहीको चुनौती

संसद्का प्रश्नबाट ध्यान मोड्न अफवाह फैलाइएको आरोप, तथ्यसहित जवाफ दिन ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसद्‌मा आफूले उठाएका प्रश्नहरूको तथ्यसहित जवाफ दिन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र गृह प्रशासनलाई चुनौती दिएका छन्।

जापान भ्रमणमा रहेका शाहीले टिकटक लाइभमार्फत सम्बोधन गर्दै ओसाकामा आफूमाथि भौतिक आक्रमण भएको भन्ने सामाजिक सञ्जालमा फैलिएको दाबीलाई पूर्ण रूपमा झुटो अफवाह भएको बताएका छन्। उनले आफ्नो बदनाम गर्ने नियोजित उद्देश्यका साथ रास्वपाका कार्यकर्ताहरूले भ्रमपूर्ण प्रचार गरेको आरोप लगाए।

शाहीले संसद्‌मा उठाएका ज्वलन्त विषयहरूको तथ्यपरक जवाफ दिन नसकेपछि आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको दाबी गरे। उनले प्रश्न गर्दै भने, “सहकारी ठग्ने र जेलबाट भाग्नेहरू मर्यादापालक हुने, अनि त्यसको विरोध गर्नेचाहिँ असभ्य हुने?”

आफू जनताको प्रत्यक्ष मतबाट निर्वाचित सांसद भएको उल्लेख गर्दै उनले रास्वपाको नेतृत्वप्रति पनि कटाक्ष गरे।

उनले गृह प्रशासनको नेतृत्व र व्यापारी दीपक भट्टबीचको सम्बन्धबारे स्वतन्त्र छानबिन हुनुपर्ने माग दोहोर्‍याउँदै सरकारले संसद्‌मा उठेका प्रश्नको जवाफ दिनुको सट्टा आफ्नै बचाउमा लागेको आरोप लगाए।

ओसाकामा आफूमाथि कुनै अप्रिय घटना नभएको स्पष्ट पार्दै शाहीले आफूले रास्वपाका सांसद खगेन्द्रसँग प्रत्यक्ष भेटेर कुराकानी गरेको स्वीकार गरे पनि त्यसलाई बङ्ग्याएर आक्रमणको झुटो कथा बनाइएको दाबी गरे।

टिकटक लाइभमा शाहीले रास्वपाका समर्थकहरूले संसद्‌को मूल विषयबाट ध्यान मोड्न सामाजिक सञ्जालमा प्रोपगान्डा चलाएको आरोप लगाउँदै फेसबुक र टिकटकमा अफवाह फैलाउनुको सट्टा संसद्‌को रोस्ट्रममा उभिएर तथ्यसहित आफ्ना प्रश्नहरूको जवाफ दिन सरकार र रास्वपालाई आग्रह गरे।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०८३ श्रावण ३

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP