२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

बेलायतको ड्युटी-फ्री व्यापार योजनाको लाभ लिन नेपाली व्यवसायीलाई आग्रह

बेलायतको ड्युटी-फ्री व्यापार योजनाको लाभ लिन नेपाली व्यवसायीलाई आग्रह

काठमाडौं – बेलायत सरकारले नेपाली व्यवसायी तथा निर्यातकर्तालाई आफ्नो Developing Countries Trading Scheme (DCTS) को अधिकतम लाभ लिन आग्रह गरेको छ। उक्त योजनाअन्तर्गत योग्य नेपाली उत्पादनमध्ये करिब ९९ प्रतिशत वस्तुले बेलायती बजारमा भन्सार शुल्कमुक्त (Duty-Free) प्रवेश पाउने सुविधा उपलब्ध छ।

बेलायती अधिकारीहरूले यो योजनाले नेपालको निर्यात वृद्धि, रोजगारी सिर्जना तथा नेपाल–बेलायतबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

विशेषगरी गलैंचा (Carpets), तयारी पोशाक (Garments), पश्मिना, चिया, हस्तकला तथा प्राकृतिक उत्पादनहरू बेलायती बजारमा निर्यात गर्ने नेपाली व्यवसायीले यस योजनाबाट उल्लेखनीय लाभ लिन सक्ने जनाइएको छ।

अधिकारीहरूका अनुसार नेपाली निर्यातकर्ताले उपलब्ध व्यापारिक सुविधाको प्रभावकारी उपयोग गर्न सके बेलायती बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढ्नुका साथै अन्तर्राष्ट्रिय बजार विस्तारमा समेत टेवा पुग्नेछ।

बेलायतले विकासशील मुलुकहरूको आर्थिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरेको Developing Countries Trading Scheme (DCTS) अन्तर्गत नेपाल पनि लाभग्राही मुलुकमध्ये एक हो।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०८३ श्रावण ३

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP