चितवन – चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिक शनिबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन् भने घाइतेको यकिन संख्या खुल्न बाँकी छ।
प्रहरीका अनुसार दाङबाट काठमाडौं आउँदै गरेको लु.प्र.०२-००१ ख ०५०५ नम्बरको बस र नारायणगढबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३-००१ ख १६७१ नम्बरको बस ठोक्किएका हुन्। दुर्घटनामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको राजधानी एक्सप्रेस बसका चालक गम्भीर घाइते भएका छन्। घटनामा संलग्न अर्को सवारीसाधनको नम्बर भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार दुर्घटनाग्रस्त बस हटाउने काम जारी रहेको छ। दुर्घटनाका कारण सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारीसाधनको लामो जाम लागेको छ।
अविरल वर्षा र पहिरोको उच्च जोखिमका कारण जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि उक्त सडकखण्ड बन्द गरेको थियो। सडक आइतबार बिहान ६ बजे सञ्चालनमा आएलगत्तै लेन मिचेर सवारी चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
सडक डिभिजन कार्यालयले चालकहरूलाई लेन अनुशासन पालना गर्दै सीमित गतिमा सवारी चलाउन आग्रह गरेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ.
शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता, सरकारले...