२०८३ कार्तिक २, आईतवार
October 18, 2026, Sunday

यात्राअघि राजमार्गको अवस्था बुझ्न नेपाल प्रहरीको आग्रह

यात्राअघि राजमार्गको अवस्था बुझ्न नेपाल प्रहरीको आग्रह

काठमाडौं – सडकमार्गबाट यात्रा गर्ने यात्रुहरूलाई यात्रा सुरु गर्नुअघि राजमार्ग तथा सडकको अवस्था (खुला वा अवरुद्ध) बारे नेपाल प्रहरीबाट आधिकारिक जानकारी लिन नेपाल प्रहरीले आग्रह गरेको छ।

प्रहरीका अनुसार वर्षायाममा निरन्तर वर्षा, पहिरो, बाढी तथा अन्य प्राकृतिक विपद्का कारण विभिन्न राजमार्गहरू बेला–बेलामा अवरुद्ध हुन सक्ने भएकाले यात्रा अघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आवश्यक रहेको जनाएको छ।

नेपाल प्रहरीले आधिकारिक माध्यमबाट उपलब्ध गराइने सडक अवस्थासम्बन्धी जानकारीको आधारमा यात्रा योजना बनाउन अनुरोध गर्दै यसबाट अनावश्यक जोखिम तथा यात्रामा हुने सास्ती कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रहरीले सुरक्षित र सहज यात्राका लागि आधिकारिक सूचना हेरेर मात्र यात्रा तय गर्न सबै यात्रु तथा सवारी चालकलाई अनुरोध गरेको छ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८३ श्रावण ३

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP