२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

क्वारेण्टाइन व्यवस्थापनमा चुनौती देखाउदै वडाअध्यक्षको ध्यानाकर्षण पत्र

विक्रम खड्का

डोटी । क्वारेण्टाइन व्यवस्थापनमा समस्या भएको भन्दै वडा कार्यालयले नगरपालिका, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई ध्यानाकार्षण पत्र बुझाएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ८ लडागडाले क्वारेण्टाइन भरिभराउ भएको र सुरक्षाकर्मीको कमी भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

वडाध्यक्ष राम बहादुर खड्काद्धारा हस्ताक्षर गरिएको पत्रमा वडामा क्वारेण्टाइनका लागि प्रयोग गर्न मिल्ने संरचनाको अभाव र क्वारेण्टाइनमा सुरक्षाकर्मीको अभाव रहेकोले व्यवस्थापन गर्न समस्या भैरहेको उल्लेख छ । भारतबाट यस अघि आएका वडाका २ सय १३ जनालाई तीन वटा क्वारेण्टाइनमा राखेको र अव आउनेका लागि व्यवस्थापन गर्न समस्या हुने पत्रमा उल्लेख छ । वडाले हाल क्वारेण्टाइनको सुरक्षाका लागि समेत ३ तीन जना मात्र सुरक्षाकर्मी खटिएको हुँदा तीन जनाले मात्रै सुरक्षा दिन नसक्ने जनाएको छ ।

वडाध्यक्ष खड्काले भारतबाट वडावासीहरु आउनेक्रम जारी रहेकाले तुरुन्त अस्थायी क्वारेण्टाइन र सुरक्षाकर्मीको व्यवस्थापन गर्नु पर्ने बताए । उनले घर नजिकै क्वारेण्टाइन भएकाले घरपरिवार संग भेटघाट तथा आवतजावत रोक्न नसकिएका कारण जोखिम बढ्को बताए ।

कोरोना भाईरस कोभिड १९ का कारण जारी लकडाउनका बीच सुदूरपश्चिमका नाका हुँदै हजारौं प्रवासी दैनिक गृह जिल्ला पुग्ने गरेका छन् । उनिहरुको लागि जिल्लाका बिभिन्न बिद्यालयहरुमा स्थानिय सरकारले क्वारेण्टाइनको व्यवस्थापन गरेकाछन् । रोजगारीको सिलसिलामा भारतमा रहेका नेपालीहरु आउनेक्रम नरोकिएकाले अव आउनेहरुलाई कहाँ राख्ने भन्ने समस्या भएको छ । अहिले बनाएका क्वारेण्टाइनहरु भरिभराउ छन् ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ जेष्ठ १७

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP