२०८२ मंसिर २२, सोमबार
December 8, 2025, Monday

भारतबाट आएका थप १४ जनामा कोरोना पुष्टि : क्वारेन्टाइनमा युवकको मृत्यु

सुर्खेत- कर्णालीमा शुक्रबार बिहान १४ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

पीसीआर परीक्षणका गरिएका मध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला संयोजक विवेककुमार पुनले पुष्टि गरेका हुन् । सुर्खेतमा रहेको प्रयोगशालामा चाप भएपछि सुर्खेत र दैलेखबाट संकलन गरिएको स्वाब जुम्ला पठाइएको थियो ।

१७ देखि ५० वर्ष उमेर समूहका मानिसहरुलाई कोराना पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिए ।

उनीहरु सबै भारतबाट आएका हुन् । दैलेखमा कोरोना पुष्टि हुनेको संख्या ३० पुगेको छ ।

गएको १० दिनमा भारतबाट आएका झण्डै १४ हजार जनालाई दैलेखका विभिन्न विद्यालयहरुमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

दैनिक हजारौंको संख्यामा भारतबाट आउन थालेपछि क्वारेन्टाइनको व्यवस्थापनमा समस्या भएको बताइएको छ । 

क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

दैलेखको क्वारेन्टाइनमा बसेका एक युवकको शनिबार बिहान मृत्यु भएको छ ।

दुल्लु नगरपालिका–७ मा रहेको विद्युत् प्राविधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा बसेका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय कर्णबहादुर थापाको मृत्यु भएको हो ।

बिहान चिया बिस्कुट खाएर बसिरहेको अवस्थामा एक्कासी बेहोस भएका थापाको केही बेरमा मृत्यु भएको बताइएको छ ।

उनी १२ दिनअघि भारतबाट आएका थिए । क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थान जुम्लामा दुई दिनअघि पठाइसकेको छ ।


Related News

दृष्टिविहिन विधार्थीहरुलाई न्यानो लुगा वितरण 
दृष्टिविहिन विधार्थीहरुलाई न्यानो लुगा वितरण 
  • २०७७ जेष्ठ १७

दिपायल – शाजेन्द्रश्वर माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो लुगा वितरण...

TOP