२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

डोटीमा पहिरो : प्रहरी, रास्वपा र स्थानीयको संयुक्त प्रयासमा जोखिममा परेकाको उद्धार

डोटीमा पहिरो : प्रहरी, रास्वपा र स्थानीयको संयुक्त प्रयासमा जोखिममा परेकाको उद्धार

डोटी — अविरल वर्षापछि डोटीको सायल गाउँपालिका–१ अन्तर्गत छपाली र कौराडी क्षेत्रमा पहिरो जाँदा जोखिममा परेका नागरिकहरूको प्रहरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सायल गाउँपालिका टोली र स्थानीयवासीको संयुक्त प्रयासमा सकुशल उद्धार गरिएको छ।

रास्वपा सायल गाउँपालिका सभापति गणेश ओझाका अनुसार असार २८ गते साँझदेखि परेको लगातार वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध हुनुका साथै विभिन्न स्थानमा निरन्तर पहिरो खस्दा यात्रा गरिरहेका तथा स्थानीय बासिन्दा जोखिममा परेका थिए।

उनका अनुसार छपाली अस्थायी प्रहरी पोस्टको टोली, रास्वपा सायल गाउँपालिका टोली तथा स्थानीयवासीको समन्वयमा पहिरो प्रभावित क्षेत्रमा उद्धार अभियान सञ्चालन गरी जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा सारिएको हो।

ओझाले कौराडी क्षेत्रका केही परिवार अझै उच्च जोखिममा रहेकाले उनीहरूको तत्काल उद्धार, राहत, सुरक्षित स्थानमा स्थानान्तरण तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग आग्रह गरिएको बताए।

यसैबीच, स्थानीय प्रशासन तथा उद्धारमा संलग्न पक्षले नागरिकलाई अत्यावश्यक बाहेक यात्रा नगर्न, पहिरो प्रभावित क्षेत्र र खोलानालाको आसपास नजान तथा मौसमसम्बन्धी आधिकारिक सूचनाको पालना गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०८३ असार ३१

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP