२०८३ असार २८, आईतवार
July 12, 2026, Sunday

बझाङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, १२ जना घाइते

धनगढी । बझाङको केदारस्यु गाउँपालिका–७ सुगरेस्थित दुर्गाथली गाउँपालिका र केदारस्यु गाउँपालिकाको सीमाक्षेत्रको भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, केदारस्यु गाउँपालिका–७ की बिमला महत धामी र दुर्गाथली गाउँपालिका–६ की कुटुरीदेवी महतको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते हुनेहरूमा दुर्गाथली गाउँपालिका–६ का पूर्व वडा सदस्य रामबहादुर महत, हासुलीदेवी महत, झल्कादेवी महत, हर्कादेवी महत, जौमतीदेवी महत, शिक्षक रामबहादुर महत, शिक्षक देवबहादुर जाग्री तथा केदारस्यु गाउँपालिका–७ का जिप चालक देवबहादुर धामी रहेका छन्।

यस्तै, दुर्गाथली गाउँपालिका–६ का धनेसेर जाग्री, रमेश धामी, नवराज धामीबिरु जाग्री सामान्य घाइते भएका छन्।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जनाएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

Related News

साउनदेखि धनगढीका निजी विद्यालयमा ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ थपिने
साउनदेखि धनगढीका निजी विद्यालयमा ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ थपिने
  • २०८३ असार २८

साउनदेखि धनगढीका निजी विद्यालयमा ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ थपिने...

TOP