२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

कञ्चनपुरमा महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणको उच्चस्तरीय निरीक्षण, ८० प्रतिशत काम सम्पन्न

कञ्चनपुरमा महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणको उच्चस्तरीय निरीक्षण, ८० प्रतिशत काम सम्पन्न

कञ्चनपुर — कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको संरक्षणका लागि पुनर्निर्माण भइरहेको गाइडबण्ड (ड्याम) को नेपाली सेनाको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको छ।

नेपाली सेनाको युद्धकार्य निर्देशनालयका युद्धकार्य निर्देशक मनोज थापाको नेतृत्वमा बिहीबार निरीक्षण गरिएको हो। टोलीले मनसुनअघि पुनर्निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएको जनाएको छ।

निरीक्षणमा श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी बिजितराज रेग्मी, रणसिंह दलका गणपति प्रमुख सेनानी प्रकाश घिमिरे, बराहदलका गुल्मपति सेनानी अशोक शाही तथा सडक डिभिजन कार्यालयका प्रतिनिधिहरू सहभागी थिए।

गत वर्ष आएको बाढीले भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको करिब ३०० मिटर गाइडबण्डमा क्षति पुर्‍याएपछि सरकारले उक्त क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्दै पुनर्निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो।

हाल चार सयभन्दा बढी नेपाली सेना गाइडबण्ड पुनर्निर्माणमा खटिएका छन्। श्री नं. २५ बाहिनी अड्डाका अनुसार हालसम्म पुनर्निर्माणको ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ।

नेपाली सेनाले गाइडबण्डको पुनर्निर्माणबाट वर्षायाममा सम्भावित बाढीजन्य जोखिम न्यूनीकरण, निर्माणाधीन चार लेनको पुलको संरक्षण तथा तटीय बस्तीलाई सुरक्षित राख्ने उद्देश्य रहेको जनाएको छ।

उल्लेखनीय रूपमा, चार लेनको महाकाली पुलको निर्माण करिब ९५ प्रतिशत सम्पन्न भए पनि गाइडबण्डको नयाँ डिजाइन स्वीकृति र भेरिएसन अर्डर (VO) सम्बन्धी अन्योलका कारण निर्माण कम्पनीले गत वर्षदेखि काम स्थगित गरेको थियो।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०८३ असार २६

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP