२०८३ कार्तिक १, शनिबार
October 17, 2026, Saturday

ट्रम्पले घोषणा गरे अमेरिका–इरान युद्धविराम अन्त्य, मध्यपूर्वमा तनाव फेरि चुलियो

ट्रम्पले घोषणा गरे अमेरिका–इरान युद्धविराम अन्त्य, मध्यपूर्वमा तनाव फेरि चुलियो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका–इरानबीच भएको युद्धविराम अब समाप्त भएको घोषणा गरेका छन्। दुई देशबीच पुनः आक्रमण–प्रत्याक्रमण सुरु भएपछि उनले अब इरानसँग कुनै सम्झौता गर्न नचाहेको स्पष्ट पारेका हुन्।

टर्कीको अङ्कारामा आयोजित उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वार्तालाई अब समयको बर्बादी भएको बताए।

उनले इरानी नेतृत्वमाथि कडा टिप्पणी गर्दै इरानसँग आणविक हतियार भएको भए त्यसको प्रयोग गर्ने दाबीसमेत गरे। “मेरो लागि अब यो विषय समाप्त भएको छ,” ट्रम्पले भने।

होर्मुज क्षेत्रमा तनाव पुनः बढ्यो

युद्धविराम अन्त्यको घोषणाअघि होर्मुज जलडमरूमध्यमा तेल बोकेका तीनवटा ट्याङ्करमाथि आक्रमण भएको थियो। घटनापछि अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य निसानामा आक्रमण गरेको जनाएको छ।

तेल ट्याङ्करमाथिको आक्रमणको जिम्मेवारी इरानले स्वीकार गरेको छैन। तर अमेरिकी आक्रमणपछि इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य पूर्वाधारमाथि आक्रमण गर्ने चेतावनी दिएको छ।

युद्धविराम उल्लङ्घनबारे दुवै पक्षको आरोप

गत महिना अमेरिका र इरानबीच सबै मोर्चामा युद्धविराम विस्तार गर्ने उद्देश्यसहित समझदारी भएको थियो। तर पछिल्ला घटनाक्रमपछि दुवै देशले एकअर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्।

नेटोका महासचिव मार्क रुटेले इरानले नै पहिलो पटक युद्धविराम तोडेको दाबी गर्दै अमेरिकी सैन्य कारबाही आवश्यक रहेको बताएका छन्।

यता इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले भने अमेरिकाले नै युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन्।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो

ट्रम्पको युद्धविराम समाप्त भएको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तत्काल बढेको छ।

घोषणाअघि प्रतिब्यारेल कच्चा तेलको मूल्य ७६ अमेरिकी डलरभन्दा कम रहेकामा त्यसपछि बढेर ७८ अमेरिकी डलर पुगेको छ। विश्लेषकहरूले मध्यपूर्वको तनाव थप बढे तेलको मूल्य अझै बढ्न सक्ने अनुमान गरेका छन्।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८३ असार २५

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP