२०८३ भाद्र ८, सोमबार
August 24, 2026, Monday

अर्जेन्टिनाको उत्कृष्ट पुनरागमन, इजिप्टलाई ३–२ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश

अर्जेन्टिनाको उत्कृष्ट पुनरागमन, इजिप्टलाई ३–२ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको अन्तिम १६ को रोमाञ्चक खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

खेलको सुरुआतदेखि नै आक्रामक देखिएको इजिप्टले १५औँ मिनेटमा यासिर इब्राहिमको हेडमार्फत अग्रता लिएको थियो। दोस्रो हाफको ६८औँ मिनेटमा मोस्ताफा जिकोले अर्को गोल थप्दै इजिप्टलाई २–० को बलियो अवस्थामा पुर्‍याएका थिए।

अर्जेन्टिनाले भने खेलको अन्तिम १५ मिनेटमा अविश्वसनीय पुनरागमन गर्‍यो। ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले पहिलो गोल फर्काएपछि ८३औँ मिनेटमा कप्तान लियोनेल मेसीले बराबरी गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्याए।

इन्जुरी समयको तेस्रो मिनेटमा इन्जो फर्नान्डेजले लाउटारो मार्टिनेजको क्रसलाई हेडमार्फत जाली चुमाउँदै अर्जेन्टिनालाई ३–२ को नाटकीय जित दिलाए।

यसअघि खेलमा अर्जेन्टिनाले बराबरी गर्ने महत्वपूर्ण अवसर गुमाएको थियो। पहिलो हाफमा पाएको पेनाल्टीमा कप्तान मेसीको प्रहार इजिप्टका गोलरक्षक मोस्ताफा सोबेइरले उत्कृष्ट बचाउ गरेका थिए। सोबेइरले एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजका थप प्रहारहरू पनि रोकेका थिए भने मेसीको फ्रिकिक पोस्टमा लागेर फर्किएको थियो।

मेसीले यस खेलमा गोल गर्दै प्रतियोगितामा आफ्नो गोल संख्या पुर्‍याएका छन्। उनी हाल विश्वकप २०२६ का सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका किलियन एमबाप्पे र नर्वेका इर्लिङ हालान्डभन्दा एक गोलले अगाडि पुगेका छन्। विश्वकप इतिहासमा मेसीको यो २१औँ गोल पनि हो।

अब अर्जेन्टिनाले क्वाटरफाइनलमा कोलम्बिया र स्विट्जरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०८३ असार २४

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP