२०८३ कार्तिक ३, सोमबार
October 19, 2026, Monday

युएईमा १ अर्ब २३ करोड जितेका पाँच नेपालीले रकम नेपाल भित्र्याउने प्रक्रिया सुरु

युएईमा १ अर्ब २३ करोड जितेका पाँच नेपालीले रकम नेपाल भित्र्याउने प्रक्रिया सुरु

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत पाँच नेपाली युवाले चिट्ठामार्फत जितेको ३० मिलियन दिराम (करिब १ अर्ब २३ करोड रुपैयाँ) वैधानिक रूपमा नेपाल भित्र्याउने प्रक्रिया सुरु गरेका छन्। उनीहरूले उक्त रकम स्वदेशमै लगानी गर्ने योजना पनि सार्वजनिक गरेका छन्।

गोरखाका तैयव खान, पाल्पाका सन्दीप बिक, नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल र रुपन्देहीका सुदीप न्यौपाने बिहीबार अबुधाबीस्थित नेपाली राजदूतावास पुगेका थिए। उनीहरूले नेपाल सरकारको नीति तथा कानुनअनुसार सुरक्षित र वैधानिक माध्यमबाट रकम नेपाल पठाउन आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेका हुन्।

नेपाली राजदूत तेजबहादुर क्षेत्रीसँगको भेटमा विजेता युवाहरूले आफूहरूले प्राप्त गरेको रकम नेपालमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेका थिए।

राजदूत क्षेत्रीले रकम नेपाल भित्र्याउने सम्पूर्ण प्रक्रियामा दूतावासले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले युवाहरूलाई उत्पादन, रोजगारी सिर्जना र आर्थिक समृद्धिमा योगदान पुग्ने क्षेत्रमा लगानी गर्न सुझाव दिँदै दीर्घकालीन प्रतिफल दिने परियोजनामा पुँजी परिचालन गर्न आग्रह गरेका छन्।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८३ असार १९

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP