काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली हवाई क्षेत्रमा प्रवेश गरेको बताएका छन्।
बुधबार संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री खनालले सम्बन्धित निकायबाट प्राप्त जानकारीअनुसार भारतीय हेलिकप्टर नियोजित वा गलत मनसायका साथ नेपाली भूभागमा प्रवेश नगरेको स्पष्ट पारे।
उनका अनुसार दार्चुला क्षेत्रको भौगोलिक अवस्था तथा प्रतिकूल मौसमका कारण हेलिकप्टर नेपाली हवाई क्षेत्रमा प्रवेश गर्न पुगेको हो। यस विषयमा नेपाली सम्बन्धित अधिकारीहरू र भारतीय पक्षबीच आवश्यक समन्वय तथा सम्पर्क भइरहेको उनले जानकारी दिए।
परराष्ट्रमन्त्री खनालले नेपाल–भारत व्यापारका विषयमा पनि सरकार सक्रिय रहेको उल्लेख गर्दै नेपाली चिया निर्यातमा देखिएको समस्या समाधान भएको बताए। उनले हालै भारत भ्रमणका क्रममा उच्चस्तरीय तहमा भएको छलफलपछि भारतले आफ्नो नीति परिमार्जन गरेको र त्यसका कारण नेपाली चियाको निर्यात सहज भएको दाबी गरे।
यस्तै, नेपाली सुपारी निर्यातमा देखिएको समस्या समाधानका लागि पनि सरकारले भारतसँग आवश्यक पहल गरिरहेको मन्त्री खनालले जानकारी दिए।
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...