२०८३ असार १०, बुधबार
June 24, 2026, Wednesday

नगरप्रमुख वडको अगुवाईमा त्रिनगर भन्सार क्षेत्र सेनिटाईज

धनगढी- धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडको अगुवाईमा मंगलबार त्रिनगरभन्सार नाका क्षेत्रमा सरसफाई पछि सेनीटाईज काम गरिएको छ ।

उप–महानगरपालिका सरसफाई शाखाका कर्मचारीहरु सहित नगरप्रमुख वड बिहानै त्रिनगरभन्सार क्षेत्रमा पुगेका थिए । सिमामा अलपत्र परेकाहरुकालाई खाना खुवाएका पेपर प्लेटहरु,पानीका बोतलहरु, चाउचाउ बिस्कुटका खोस्टाहरुले भन्सार क्षेत्र छेउछाउ फोहर बढेको थियो नगरप्रमुख वडले भने, त्यो फोहर उठाएर कोरोना भाइरस फैलिन नदिन प्रयाप्त सेनिटाईज गर्ने काम गरेका छौं ।

धनगढी उप–महानगरपालिकाले बजारका मुख्य सडक र टोलटोलमा समेत यस अघि औषधी छर्किने काम गरेको थियो ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ जेष्ठ १३

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP