२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा रक्तदान

कैलाली – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। इन्स्योरेन्स कम्पनीले आफ्नो नवौं वार्षिकोत्सवको अवसर पारेर मंगलबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रेडक्रस सोसाइटी धनगढीको समन्वयमा धनगढी स्थित इन्स्योरेन्सको प्रदेश कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् । इन्स्योरेन्स कम्पनीका कर्मचारी, एजेन्सी लगायतका अन्य व्यक्तिहरूले रक्तदान गरेको प्रदेश कार्यालय प्रमुख गणेश उप्रेतीले बताए ।

रक्तदाताहरुलाई इन्स्योरेन्सले “रक्तदाता प्रमाणपत्र” प्रदान गरेको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८२ चैत्र १०

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP