अछाम- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम क्षेत्र नम्वर १ बाट जित हाँसिल गरेको छ। नेपाली कांग्रेसका उम्मेद्वार भरत कुमार स्वारले नेपाली कम्युनिष्ट पार्टीका नेता भिम बहादुर रावललाई पराजित गरेका हुन्।
स्वारले १० हजार ७५८ मत पाए भने रावलले १० हजार २३० मत पाए। स्वार र रावलको ५२८ मतको अन्तर छ। नेकपा एमालेका दिपक साउँद तेस्तो भएका छन्। उनले ७ हजार ३८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावलले १७३७ मत प्राप्त गरे। स्वार २०७२ को निर्वाचनमा रावलसँग पराजित भएका थिए। यस्तै साउद २०७० को संविधानसभा निर्वाचनमा रावलसँगै पराजित भएका थिए। रावल २०४८ मा नेपाली कांग्रेसका नेता बलबहादुर कुँवर र २०५६ को आम निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार गोविन्द बहादुर शाहसँग पराजित भएका थिए।
दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...