शिस डेस्क, डोटी
नेपाली काँग्रेसका क्षेत्रीय सभापति विजय खड्काले क्वारेण्टाइनको अवलोकन गरेका छन् । भारतका विभिन्न ठाउँबाट स्वदेश फर्किएर क्वारेण्टाइनमा बसेकाहरुको स्वास्थ्य अवस्था तथा क्वारेण्टाइनको अवस्थाका बारेका बुझेका हुन् ।
नेपाली काँग्रेसका तर्फबाट दिपायल सिलगढी नगरपालिकाका छाँया मेयरका समेत रहेका काँग्रेस खड्काले नगरपालिकाको वडा नम्वर १ , २ , ३ र ४ मा रहेका क्वारेन्टाइनको अवलोकन गरेका हुन् । अवलोकन सँगै उनले क्वारेण्टाइनमा रहेका १ सय ४६ जनालाइ सम्वन्धित वडाका अध्यक्ष मार्फत मास्क, चाउचाउ, विस्कुट र पानी लगायतका सामाग्री उपलब्ध गराएका छन् ।
काँग्रेस नेता खड्काले दुर्गा आधारभुत विद्यालय खैरतोला, दिल्पेश्वर आधारभुत विद्यालय, दिल्पेश्वर मावि र कुमालिकोट माविको क्वारेण्टाइनमा रहेकाहरु संग भेटघाट तथा सामाग्री हस्तान्तरण गरेको सामाजिक अभियन्ता दिपेन्द्र सिंहले बताए ।
अवलोकन तथा सामग्री वितरण कार्यक्रममा दिपायल सिलगढी नगरपालीका वडा नम्वर २ का अध्यक्ष राजेन्द्र खड्का, वडा नम्वर ३ का अध्यक्ष चक्र माझी, नेविसंघ क्षेत्रीय सभापति रोशन कठायत, सामाजिक अभियन्ता दिपेन्द्र सिंह, पत्रकार चक्र कुँवर लगायतको सहभागिता रहेको थियो ।
क्वारेण्टाइनमा रहेकाहरुले आफ्नो स्वास्थ्य परिक्षण र क्वारेण्टाइनमा पानि र सौचालयको व्यवस्था गरिदिन अनुरोध गरेका थिए । क्वारेण्टाइनको समस्या समाधान, स्वास्थ्य परिक्षण र सुबिधाका लागि सम्बन्धित निकाय मार्फत पहल गर्ने बताउँदै नेता खड्काले आफ्नो परिवार, समाज र राष्ट्रका लागि अनुशासित र संयम भएर केही दिन क्वारेण्टाइनमा शान्तपूर्वक बसिदिन अनुरोध गरे । उनले क्वारेण्टाइनमा कुनै पनि सामग्रीको व्यवस्था सरकारले गर्न नसके आवस्यकता अनुसार आफुले सहयोग गर्ने बताए ।
क्वारेण्टाइन व्यवस्थापनका लागि स्थानिय, प्रदेश तथा संघ सरकार उत्तरदायी हुनुपर्ने बताउँदै काँग्रेस नेता खड्काले सीमानाबाट नेपाल प्रवेस गराउँदा सेनेटाइज र स्वास्थ्य परिक्षण अनिवार्य गरेर सामाजिक दुरी कायम हुने गरी यात्रा गराउन सरकार संग अनुरोध गरेका छन् ।
यस अघि विना चेकजाँच, विना तयारी, विना योजना दैनिक हजारौंको संख्यामा अव्यवस्थित ढंगबाट ह्वारह्वार्ती स्थानिय तहमा पठाउँनु सरकारको कमजोरी भएको खड्काले बताए । उनले सरकारले प्रवासमा अलपत्र परेका, समस्यामा परेका, नेपाल आउन चाहने व्यक्तिहरुको वर्गिकरण तथा तथ्याङ्क संकलन गरी सीमा नजिक व्यवस्थित क्वारेण्टाइन, हेल्प डेस्क, चेकजाँच गर्ने प्रवन्ध मिलाएर सुरक्षित सम्बन्धित स्थानियतहमा पुर्याउने व्यवस्था तुरुन्त गर्नुपर्ने र स्थानिय तहले पनि आफ्ना नागरिकका लागि व्यवस्थित सरकारको, विश्वस्वास्थ्य संगठनको मापदण्ड अनुरुपको क्वारेण्टाइन तयार पार्नुपर्नेमा जोड दिएका छन् ।
पछिल्लो समय स्वास्थ्य परिक्षण विना सुदूरपश्चिमका नाका हुँदै भारतबाट भित्रिनेको संख्यामा वृद्धि हुँदै गएको छ । दैनिक २ देखि ५ हजार जना सम्म नेपाल भित्रिने र स्वास्थ्य चेकजाँच विना सम्बनिधत पालिका वडामा पठाइने गरिएको छ । जसले गर्दा क्वारेण्टाइन व्यवस्थापन, उद्धारमा समस्या देखिनुका साथै संक्रमणको पनि जोखिम बढ्दै गएको छ ।
दिपायल । समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताको बचत फिर्ता...