२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

RDSC डोटीको अध्यक्षमा सुमन बलायर 

 

दिपायल – ग्रामीण विकास सेवा केन्द्र (RDSC) डोटीको अध्यक्षमा सुमन बलायर चयन भएका छन् । संस्थाको ३२औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनबाट बलायरको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

 

संस्थाको उपाध्यक्षमा शंकर बहादुर कठायत, सचिवमा पवन महरा, कोषाध्यक्षमा खगेन्द्र महरा र सह-सचिवमा जानकी बलायर सर्वसम्मत चयन भएका छन् ।

 

सदस्यहरुमा धौली देवी रावल, गिरी बलायर, पूर्ण बहादुर कठायत, पवित्रा विक, आशा विक कामी, विमला बलायर चयन भएका छन् ।

 

ग्रामीण विकास सेवा केन्द्र (RDSC) ३२ वर्ष देखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको संस्था हो ।  संस्थाले लघु विद्युत उत्पादन, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि उत्पादन र बजारीकरण, पोषण, जडीबुटी उत्पादन लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

 

स्थापना कालदेखि हालसम्म संस्थाको नेतृत्व गरिरहेका पूर्व मन्त्री भक्तबहादुर बलायरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा शिखर नगरपालिका नगर प्रमुख दीर्घ बहादुर बलायर प्रमुख अतिथि रहेका थिए । संस्थाको केन्द्रीय कार्यालय रहेको शिखर नगरपालिका – ८ तिलतालीमा बिहार साधारण सभाको आयोजना गरिएको हो ।

संस्था अन्तरगत पछिल्लो समय सुजङ्ग अस्पताल र सुजङ्ग स्कूल सञ्चालनमा छन् ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८२ पुष १०

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP