२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

छिमेक लघुवित्तद्वारा शिखरमा स्वाथ्य शिविर सञ्चालन, ७ सय ३३ जनाले लिए सेवा 

दिपायल – शिखर नगरपालिकामा आयोजना गरिएको एक दिने निःशुल्क स्वाथ्य शिविरमा ७ सय ३३ जना विरामीहरुले स्वास्थ्य सेवा लिएका छन् । शनिबार राधाकृष्ण मावि गोपघाटमा आयोजना गरिएको उक्त शिविरमा ६६९ जना महिला र ६४ जना पुरुष गरी जम्मा ७ सय ३३ जनाले सेवा लिएका हुन् ।

मनमोहन मेमोरियल मेडिकल कलेज तथा क्षिक्षण अस्पताल काठमाडौंको प्रविधिक सहयोग तथा शिखर नगरपालिकाको समन्वयमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड गोपघाट शाखाले शिविरको आयोजना गरेको हो ।

शिविरमा स्त्री तथा प्रसूतिरोग विषेशज्ञ डाक्टर मिना प्रधान, रेडियो लोजिष्ट डाक्टर राजिप खड्का, नशा तथा हाडजोर्नी विषेशज्ञ डाक्टर उज्जन साक्के, जनरल फिजिसियन डाक्टर ओम प्रकाश कुसुवा लगायतको चिकित्सकको टोलीले स्वास्थ्य सेवा दिएका थिए ।

शिविरको उद्घाटन गर्दै शिखर नगरपालिका नगर प्रमुख दीर्घ बहादुर बलायरले शिविर आयोजक तथा प्राविधिक सहयोग गर्ने संस्थालाई धन्यवाद ज्ञापन गरे । नगर सरकारले यस अघि पनि शिविरको आयोजना गरेर महिलाहरुको पाठेघरको समस्याको जाँच र निःशुल्क शल्यक्रिया उपचार गर्दै आएको बताउँदै शिविरमा गम्भीर समस्या देखिएका बिरामीहरूको उपचार गर्न नगर सरकार तयार रहेको बताए ।

शिविरमा स्वाथ्य परीक्षण, भिडियो एक्सरे, स्वाथ्य परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सामाजिक विकास तथा ग्राहक संरक्षण विकास विभागका विभागीय प्रमुख तारानाथ महतोले बताए ।

स्वाथ्य परीक्षण गर्नेहरुमा पुरुषको भन्दा महिलाको संख्या धेरै थियो । स्वाथ्य परीक्षण गर्ने अधिकांश महिलाहरूमा पाठेघरको समस्या देखिएको स्त्री तथा प्रसूतिरोग विषेशज्ञ डाक्टर मिना प्रधानले बताइन् । अधिकांश किशोरी देखि वृद्ध महिलासम्म पाठेघरको समस्या देखिएको र धेरै जसो महिलाको पाठेघरमा घाउ देखेको बताउँदै उनले समयमै उपचार नगरे क्यान्सर हुने अत्यधिक जोखिम रहेको बताइन् । महिलाहरुलाई समयमै पाठेघरको जाँच गरी समस्या देखिए तुरुन्त उपचार गर्न सुझाव दिइन् ।

१५२ जनाको पाठेघर जाँच गरेकोमा ६० प्रतिशत भन्दा बढी महिलाहरूमा पाठेघर खसेको, पाठेघरमा घाउ भएको, संक्रमण भएको डाक्टर प्रधानले बताइन् । जाँच गरिएकामध्य ३ जनामा पाठेघरको क्यान्सर भएको र ५/७ जनाको अवस्था गम्भीर देखिएको उनले बताइन् ।

शिविरमा ८० जनाको भिडियो एक्सरे गरिएको थियो । एक्सरे गर्दा पेट दुख्ने समस्या लिएर आएकी एक महिलाको किड्नी नै निकालिएको घटना पनि भेटियो । भिडियो एक्सरे गर्ने क्रममा दायाँ तीरको किड्नी नै निकालिएको भेटिएको रेडियो लोजिष्ट डाक्टर राजिप खड्काले बताए । भारतमा पत्थरीको अप्रेशन गराएकी महिलाको किड्नी निकालिएको बताउँदै उनले भारतमा उपचारका नाममा किड्नी चोरी गरेको हुनसक्ने आशंका व्यक्त गरे ।

शिविरमा स्वाथ्य परीक्षण, भिडियो एक्सरे, स्वाथ्य परामर्श तथा आवश्यकता अनुसार निःशुल्क औषधि वितरण गरिएको थियो । वित्तीय संस्थाले शिविरको आयोजना गरेर निःशुल्क स्वाथ्य परीक्षण, परामर्श र औषधि उपलब्ध गराएकोमा सेवाग्राहीहरुले धन्यबाद ज्ञापन गरे ।

बिहान ९ बजे देखि ५ बजे सम्म सञ्चालन भएको उक्त शिविरमा शिखर नगरपालिकाका विभिन्न वडाहरू, छिमेकी पालिका र छिमेकी जिल्ला डडेल्धुराका विरामीहरुले पनि सेवा लिएका थिए ।

शिखरमा विषेशज्ञ डाक्टरसहितको सेवा दिने स्वाथ्य संस्था नभएको र यहाँका महिला तथा जनताहरुले नियमित स्वाथ्य परीक्षण गर्न नसक्ने अवस्था भएका कारण सबैको पायक पर्ने ठाउँ गोपघाटमा शिविरको आयोजना गरिएको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड गोपघाट शाखाकी प्रमुख माया ओझाले बताइन् ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय कारोबार सँगसँगै हरेक वर्ष सामाजिक क्षेत्रमा पनि काम गर्दै आइरहेको संस्थाका वरिष्ठ अधिकृत विनोद शाहले बताए ।

 

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०८२ मंसिर २८

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP