२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

डोटीमा जीप दुर्घटना, चालक घाइते 

 

दिपायल – डोटीमा जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन् । जिल्लाको आदर्श गाउँपालिका – २ भुण स्थित दिपायल – मेल्लेख सडक खण्डमा जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार बिहान २: ४५ बजेको समयमा दिपायलबाट मौवातर्फ जाँदै गरेको सुपप्र ०१००१ च ३७०१ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । दुर्घटनामा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका – १६ मझगाउँका ५० वर्षीय जीप चालक लक्ष्मी चाटौत घाइते भएका छन् ।

जीपमा अन्य यात्रु सवार नरहेको प्रहरीले जनाएको छ । घुम्तीमा जीप अनियन्त्रित भई सडकबाट १०० मीटर तल खोलामा खसेको छ।

घाइते चालकको शरीरको विभिन्न भागमा चोट लागेको छ। उनको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भइरहेको छ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०८२ मंसिर २१

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP