दिपायल – डोटीमा यात्रुबाहक जीप दुर्घटना हुँदा चालकसहित ६ जना यात्रु घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका – ४ खाली खोलामा जीप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायलबाट दिपायल तर्फ आउँदै गरेको सुपप्र ०१- ००१ च ४२५० नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । दुर्घटनामा जीप चालक कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका – २ का २८ वर्षीय ईश्वर थापालगायत अन्य ५ जना यात्रु घाइते भएका हुन् ।
दुर्घटनामा आदर्श गाउँपालिका – ७ की ५४ वर्षीया हरिदेवी कापडी, सायल गाउँपालिका -२ का ३१ वर्षीय डिल्लीराज ओझा, सोही ठाउँका ४० वर्षीय भोजराज ओझा उनका छोरा ११ वर्षीय आमत ओझा र सायल गाउँपालिका – ४ का ४३ वर्षीय टेकराज ओझा घाइते भएका छन् ।
घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...