दिपायल – खप्तड केबलकार निर्माणका लागि सङ्कलन गरिएको रकमका विषयमा झण्डै ७ वर्ष पछि प्रश्न उठेको छ । डोटीका जेनजीहरुको समूहले सो रकम कहाँ गयो, उद्येश्य अनुरूप प्रयोग भयो या भएन भनेर प्रश्न गरे पछि यो विषय चर्चामा आएको छ ।
जिल्ला समन्वय समितिमा गत बुधबार जिल्ला समन्वय समितिका प्रमुख, उप – प्रमुख, दिपायल सिलगढी नगरपालिका नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघका पूर्व देखि वर्तमान अध्यक्ष र जेनजी समूहका बीच सो रकम बारे छलफल चल्यो । छलफलमा जेनजीहरुले थुप्रै प्रश्नहरु गरे र त्यसको जवाफ उद्योग वाणिज्य संघका पदाधिकारीहरुले दिए । छलफलमा सो रकम सुरक्षित रहेको पाइयो ।
खप्तड राष्ट्रिय निकुञ्ज भएकाले त्यहाँ सडक निर्माण गर्न असम्भव जस्तै भए पछि केबलकार निर्माणका लागि प्रति व्यक्ति १० रुपैयाँ नागरिक अभियान सञ्चालन गरिएको थियो । २०७४ माघ २७ गते दिपायलमा आयोजित प्रादेशिक महोत्सवका क्रममा डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं तत्कालीन वडाध्यक्ष वीरेन्द्र शाहले अभियानको थालनी गरेका थिए । रकम सङ्कलनका लागि महोत्सव लगायत केही होटलहरुमा ६ वटा सिसाबाट बनेको पारदर्शी खुत्रुके राखिएको थियो ।
महोत्सव पछि उद्योग वाणिज्य संघले सङ्कलित रकम जम्मा गरेर राखेको थियो । सो रकमका बारेमा पटक-पटक प्रश्न उठ्ने र केही अफबाह फैलिने गरेको थियो । बुधबारको छलफल पछि सो अभियानबाट एक लाख ८७ हजार रुपैयाँ जम्मा भएको र सो रकम उद्योग वाणिज्य संघका सल्लाहकार धन बहादुर शाहीसँग रुरक्षित रहेको खुल्न आयो ।
अभियानबाट सङ्कलन गरिएको रकमले केबलकार बन्दैन भन्नेमा हामी पूर्ण जानकार थियौं,”अभियानको थालनी गरेका तत्कालीन वडाध्यक्ष वीरेन्द्र शाहले भने,” केबलकार निर्माणका लागि सरकारलाई दबाब पुगोस् र ध्यानाकर्षण होस् भन्ने लक्ष लिएर प्रति व्यक्ति १० रुपैयाँ सङ्कलन नागरिक अभियान सञ्चालन गरेका थियौं ।”
उद्योग वाणिज्य संघका सबै पदाधिकारीहरुले पारदर्शीरूपमा त्यो रकम गणना गरेर अभियानका संयोजक तथा ततकानिल सल्लाहकार धन बहादुर शाहीसँग त्यो रकम राख्ने निर्णय भएको उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताए । सङ्कलित रकम उद्योग वाणिज्य संघको खातामा राख्ने वा छुट्टै खातामा राख्ने भन्ने विषयमा पनि छल्फल भएको हो,”उनले भने,”तर त्यसरी सङ्कलित रकम संस्थाको बैंक खातामा नदेखाउ तत्काल अभियानका संयोजकसँग राखौ भन्ने सल्लाह भएको हो । सो रकम कहाँ प्रयोग गर्ने भन्ने विषयमा तत्कालीन प्रमुख जिल्ला अधिकारीसँग पनि छलफल भएको र उहाँले त्यो रकम सुरक्षित राख्न र अन्यन्त्र खर्च नगर्न सुझाव दिएपछि त्यो रकम अभियानका संयोजक शाहीसँगै राखिएको उनले बताए ।
छलफलका क्रममा रकम सुरक्षित भएको बताउँदै अभियानका संयोजक धन बहादुर शाहीले त्यो रकम जुनसुकै बेला उपलब्ध गराउन सकिने बताए ।
बुधबारको लामो छलफल पछि उद्योग वाणिज्य संघले निर्णय गरेर आवश्यक ठाउँमा त्यो रकमको सदुपयोग गर्ने, सकभर खप्तडकै विकासमा खर्च गर्ने सहमति भएको छ ।
दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...