दिपायल – सुदूरपश्चिमेली नेपाली समाजले छात्रवृत्ति हस्तान्तरण गरेको छ । धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै समाजले एक्सिस विद्यालयमा अध्ययनरत छात्रालाई सहयोग स्वरूप छात्रवृत्ति प्रदान गरेको हो ।
शिखर नगरपालिका- ८ घर भई धनगढीस्थित एक्सिस विद्यालयमा अध्ययनरत छात्रा दिपा बोगटीलाई छात्रवृत्ति प्रदान गरेको हो । बोगटी एक्सिस विद्यालयमा ११ कक्षामा अध्ययनरत छात्रा हुन् । उनलाई छात्रवृत्ति स्वरूप एक वर्षको अवधिमा विद्यालयमा लाग्ने खर्च बेहोर्ने गरी सहयोग गरिएको समाजका सचिव डम्बर खड्काले बताए ।
छात्रा बोगटीका बुवाको अल्पायुमै निधन पछि पढाइका लागि आर्थिक समस्या परेको थियो । उनको पढाइ नै प्रभावित हुन थालेपछि समाजले छात्रवृत्ति प्रदान गरेको हो । सुदूरपश्चिमेली नेपाली समाजबाट प्राप्त छात्रवृत्तिले बोगटीको पढाइमा सहयोग पुग्ने स्थानीय ललित बलायरले विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिमेली नेपाली समाज अमेरिका न्युयोर्कका निवर्तमान अध्यक्ष राम देउवाले समाजमा आफुरहँदा गरेको सामाजिक कार्यको स्मरण गर्दै निरन्तरता दिएकोमा समाजको प्रशंसा गरे । सुदूरपश्चिमेली नेपाली समाजलाई सवै देशमा समन्वय गरेर अझै बलियो वनाउन आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष महादेव भट्टले सुदूरपश्चिमेली नेपाली समाज एनआरएन पछि कै ठुलो र सामाजिक क्षेत्रमा सक्रिय संस्था रहेको बताए । समाजले गरेको छात्रवृत्तिको रकम सदुपयोग गर्दै पढाइमा राम्रो प्रगती भएको सुन्न पाए समाजलाइ गर्भ महसुस हुने उनले बताए ।
सुदूरपश्चिमेली नेपाली अन्तराष्ट्रिय समाजका सचिव डम्मर खड्काले नौ वटा जिल्लालाई समेटिने गरि समाजको समिति बनेको बताउँदै सुदूरपश्चिममा आइपर्ने समस्याका पक्षमा समाज निरन्तर उभिने गरेको बताए ।
समाजले छात्रवृत्ति कोष स्थापना गरे पश्चात् यस वर्ष तीन जना छात्र छात्रालाई छात्रवृत्ति वितरण गरेको भट्टले बताए । विभिन्न देशमा कार्यरत सुदूरपश्चिमेली दाजुभाई तथा दिदीवहिनीहरुले सानो- सानो सहयोग रकम व्यक्तिगतरुपमा जम्मा गरेर समाजको माध्यमबाट विभिन्न क्षेत्रमा सहयोग गरिरहेको उनले बताए ।
सुदूरपश्चिमेली नेपाली अन्तराष्ट्रिय समाजले विश्वका २९ वटा देशमा शाखा विस्तार गरेको छ ।
छात्रवृत्ति वितरण गरिएको शनिबारको कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज भारतका संरक्षक दिपक प्रकाश मल्ल, सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका पुर्व अध्यक्ष समीर मल्ल, सुदूरपश्चिमेली नेपाली समाज नेपालका संस्थापक सदस्य ललित बलायर, धुर्व मल्ल, कवि एवं सहित्यकार हेमन्त विवस, नेपाल पत्रकार महासंका केन्द्रीय सदस्य योगेन्द्र बलायर, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, कलाकार एवं पत्रकार हेमन्ती भट्टराइ, सुदूरपश्चिमेली नेपाली समाज भारत तामिलनाडुका सल्लाहकार लाल बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...