२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

काठमाडौँबाट धनगढीतर्फ आउदै गरेको बस दुर्घटना, एकको मृत्यु, पाँच घाइते (विवरण सहित)

दिपायल – काठमाडौँबाट धनगढीतर्फ आउदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति करिब २ बजेको समयमा बस दुर्घटनामा भएको हो । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार काठमाडौँबाट धनगढीतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रुबाहक बस दुर्घटनामा भएको हो ।

 

दुर्घटनामा करिब ५०/५५ वर्षका एक पुरुष पैदलयात्रीको मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताए ।

घाइतेहरु.. 

१ – जग्गुराम दगौरा (४३) बेदकोट नगरपालिका-७

२ – भरत नाथ ( २४) भीमदत्त नगरपालिका-१०

३- भिमबहादुर चौधरी (३६) लालझारी गाउँपालिका-१

४- रितु लोहार (१४) गुलरिया नगरपालिका-४

५ – टेकेन्द्र खत्री (४५) बुढानिलकण्ठ नगरपालिका-६

घाइते यात्रुहरुको सञ्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा करिब ३५ जना यात्रु सवार रहेको र बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक घिमिरेले बताए।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८२ कार्तिक १३

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP