२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

प्रहरी जवान मृत्यु प्रकरण : बसले ठक्कर दिएर फरार भएका चालक पक्राउ

दिपायल – प्रहरी जवान शंकर बलायरको बसको ठक्करबाट मृत्यु भएको खुलेको छ । बाजुराबाट – धनगढी तर्फ जाँदै गरेको ना. ७ ख १७२ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बलायरलाई ठक्कर दिएर फरार रहेका बस चालक बाजुराको गौमुल गाउँपालिका – २ मल्दुकुनका ३३ वर्षीय गणेश धामीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

शिखर नगरपालिका- ८ गोपघाटमा बसको ठक्करबाट सोही वडाको तिलताली घर भई जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान शंकर बलायरको मृत्यु भएको थियो ।

दशैंको भोलिपल्ट (गत १७ गते) मध्यराति १२: १५ बजेको समयमा बलायर मृत भेटिएका थिए ।

मृतक बलायरका आफन्तले हत्या भएको आशङ्का गर्दै प्रहरीमा जाहेरी दिएका थिए ।

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०८२ आश्विन २२

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP