२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

प्रहरी जवान मृत्यु प्रकरण : बसले ठक्कर दिएर फरार भएका चालक पक्राउ

दिपायल – प्रहरी जवान शंकर बलायरको बसको ठक्करबाट मृत्यु भएको खुलेको छ । बाजुराबाट – धनगढी तर्फ जाँदै गरेको ना. ७ ख १७२ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बलायरलाई ठक्कर दिएर फरार रहेका बस चालक बाजुराको गौमुल गाउँपालिका – २ मल्दुकुनका ३३ वर्षीय गणेश धामीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

शिखर नगरपालिका- ८ गोपघाटमा बसको ठक्करबाट सोही वडाको तिलताली घर भई जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान शंकर बलायरको मृत्यु भएको थियो ।

दशैंको भोलिपल्ट (गत १७ गते) मध्यराति १२: १५ बजेको समयमा बलायर मृत भेटिएका थिए ।

मृतक बलायरका आफन्तले हत्या भएको आशङ्का गर्दै प्रहरीमा जाहेरी दिएका थिए ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८२ आश्विन २२

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP