२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

शुक्रबारदेखिको विपद्को घटनामा ४९ जनाको मृत्यु

काठमाडौँ – शुक्रबारदेखिको विपद्का घटनामा इलाममा ३७ जनासहित कुल ४९ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीले आइतबार दिउँसो उपलब्ध गराएको विवरणअनुसार इलाममा ३७ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।

यस्तै ७ जना घाइते भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । यस्तै उदयपुरमा २, खोटाङमा १, पाँचथरमा ६, रौतहटमा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अधिकांश बाढी पहिरोमा परेका हुन् भने केहीको चाँही चट्याङ र दुर्घटनामा मृत्यु भएको हो ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०८२ आश्विन १९

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP