२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

डोटीका एसपी विनोद शर्माको सरुवा, महेन्द्र नेपाल आउने 

दिपायल – जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माको सरुवा भएको छ । शर्मासँगै देशभरका ४८ जना एसपीहरुको सरुवा भएको हो ।

प्रहरी महानिरीक्षकको गत भदौ ३१ गतेको निर्णयले असोज १ गतेदेखि लागू हुने गरी एसपीहरुको सरुवा भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीमा २०८१ असोज देखि कार्यरत शर्मालाई नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा महेन्द्रनगर कञ्चनपुर पठाइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा सुर्खेतमा कार्यरत महेन्द्र नेपाललाई डोटीमा खटाइएको छ ।

एसपी नेपाल गत भदौ ५ गते प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षकमा बढुवा भएका थिए ।

 

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८२ आश्विन २

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP