२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

प्रधानमन्त्री ओलीले राजीनामा दिए

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। जेन–जीको आन्दोलन नियन्त्रण बाहिर पुगेपछि राजनीतिक निकासका लागि भन्दै मंगलबार पदबाट राजीनामा दिएका थिए। उनी गत २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

उनले राजनीतिक निकासका र समस्या समाधनका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा बुझाएका हुन्।

‘२०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ प्रधानमन्त्री ओलीले राजीनामा दिँदै भनेका छन्।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८२ भाद्र २४

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP