२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

कर्फ्यु आदेशको पर्वाह नगरी संसद् भवन अगाडि जेनजीको प्रदर्शन सुरु

 

काठमाडौँ – कर्फ्यु आदेशको पर्वाह नगरी जेनजीहरु बानेश्वर क्षेत्रमा भेला भएका छन् । उनीहरूले मङ्गलबार बिहानै नयाँबानेश्वरस्थित संसद् भवन अगाडि  प्रदर्शन सुरु गरेका छन् ।

सोमबार हिंसात्मक बन्न पुगेको जेनजी प्रदर्शनले आज पनि निरन्तरता पाउने देखिएको छ ।

सोमबार १९ जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनीसँगै काठमाडौँ जिल्ला प्रशासनले उपत्यकाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे आठ बजेदेखि अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र प्रदर्शन, जुलुश, भेला केही पनि गर्न नपाउने गरी कर्फ्यु लगाएको छ । तर प्रदर्शनमा सहभागीहरुले त्यसलाई अवज्ञा गरिरहेका छन् ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८२ भाद्र २४

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP