२०८३ भाद्र २३, मंगलवार
September 8, 2026, Tuesday

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं – गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । राजधानीसहित देशैभर चर्केको जेनजीको प्रदर्शनमा राज्य दमनका कारण डेढ दर्जन बढीले ज्यान गुमाएसँगै गृहमन्त्री लेखकले पद छाडेका हुन् ।

 

जनधनको क्षति भएको भन्दै आफू पदमा बस योग्य नहुने जिम्मेवारीका आधारमा राजीनामा दिएका हुन् ।

 

लेखकले सोमबार साँझ मन्त्रिपरिषद्को बैठकमा उपस्थित भएर उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएका हुन् । बैठकमा सहभागी एक मन्त्रीले भने, ‘मन्त्रिपरिषद्को बैठक भर्खरै सम्पन्न भयो, गृहमन्त्रीले पनि राजीनामा दिनुभयो ।’

 

जेनजीको आन्दोलनका क्रममा काठमाडौं र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।

Related News

प्रेस युनियन डोटीको पहिलो निर्णय : साइबर आक्रमणविरुद्ध सिधै कानुनी लडाइँ
प्रेस युनियन डोटीको पहिलो निर्णय : साइबर आक्रमणविरुद्ध सिधै कानुनी लडाइँ
  • २०८२ भाद्र २३

दिपायल — नेपाल प्रेस युनियन डोटी शाखाले मिडिया, मिडिया हाउस...

TOP