काठमाडौं – सोमबार देशभरका विभिन्नठाउँमा भएको जेनजी प्रदर्शनका क्रममा ३ सय ४७ जना घाइते भएका छन् । देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।
काठमाडौंका विभिन्न स्थानबाट ४० जनाभन्दा बढी जेनजी प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी मोहनमणि अधिकारीका अनुसार करिब ४० जना भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका हुन् ।
प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...