२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

जेनजीमाथि सरकारको बर्बर दमन : १९ जनाको मृत्यु, करिब २ सय घाइते, पाँच जना मृतकको सनाखत

काठमाडौँ-  जेन-जीको आन्दोलनका क्रममा काठमाडौँ र इटहरीमा गरी प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ। काठमाडौँमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको हो भने करिब २ सय घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

उपचारका क्रममा ट्रमा सेन्टरमा ८ जना, सिभिल अस्पतालमा ३ जना, एभरेष्ट अस्पतालमा ३ जना, केएमसी असपतालमा २ जना र महाराजगञ्ज शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको हो। इटहरीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ।

घाइतेहरूको सिभिल अस्पताल, ट्रमा सेन्टर, टिचिङ अस्पताल, केएमसीलगायत काठमाडौँका महत्त्वपूर्ण अस्पतालहरूमा उपचार भइरहेको छ।

सिभिल अस्पतालमा सय भन्दा बढीको उपचार भइरहेको छ भने ट्रमा सेन्टरमा ५० जना, केएमसीमा ३२ र टिचिङ अस्पतालमा १८ जनाको उपचार भइरहेको छ।

प्रहरीको गोलीले तीन पत्रकार पनि घाइते भएका छन्।

पाँच जना मृतकको सनाखत

जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । काठमाडौं मेडिकल कलेजका एक चिकित्सकले बताए अनुसार, सौरम किशोर श्रेष्ठ र सुवास पोखरेल नाम गरेका दुई युवकको मृत्यु भएको हो ।

त्यस्तै, ट्रमा सेन्टरमा मृत्यु भएका ३ जना मृतकहरूको सनाखत भएको छ । मृत्यु हुनेहरूमा ग्लोबल कलेजमा अध्ययनरत श्रीराम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभ राज श्रेष्ठ र कीर्तिपुर बस्ने ४२ वर्षीय बुद्धि बहादुर तामाङ रहेका छन् ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८२ भाद्र २३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP