काठमाडौं- हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १६ पुगेको हो । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएकाहरूको अहिले विभिन्न अस्पतालमा मृत्यु भएको हो ।
यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
अहिलेसम्म कुल १६ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।
विभिन्न अस्पतालमा गरी सयभन्दा बढी घाइते भएको र २० जनाभन्दा बढी गम्भीर घाइते भएको पनि चिकित्सकहरूले जानकारी दिएका छन्।
अस्पतालहरूमा पानी, अक्सिजन, एम्बुलेन्स र स्वास्थ्यकर्मीको अभाव भएको भन्दै अस्पतालहरूले अपिल गरेका छन्। आन्दोलनकर्मीले पनि रगत, पानी र अक्सिजन अभाव भएको भन्दै सहयोगका लागि आह्वान गरेका छन्।
दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...