२०८३ बैशाख ६, आईतवार
April 19, 2026, Sunday

जेनजी आन्दोलन अपडेट: १४ जनाको मृत्यु , १५० भन्दा बढी घाइते

काठमाडौं – काठमाडौँमा जारी जेनजी आन्दोलनमा मृत्यु हुने आन्दोलनकारीको सङ्ख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

कुन अस्पतालमा कति घाइते ?

प्रदर्शनका क्रममा घाइते भएकाहरूको यकिन विवरण भने आइसकेको छैन । मन्त्रालयले अहिले विभिन्न अस्पतालमा विवरण संकलन गर्ने कार्य गरिरहेको छ ।

दिउँसो ४ बजेसम्म मन्त्रालयले लिएको विवरण अनुसा सबैभन्दा बढी घाइते सिभिल अस्पतालमा छन् ।

त्यस्तै, ट्रमा सेन्टरमा २४, केएमसी अस्पतालमा २०, त्रिवि शिक्षण अस्पतालमा १५ र एभरेष्ट अस्पतालमा ३४ जना घाइते छन् ।

केही घाइतेहरूलाई पाटन अस्पताल पनि पुर्‍याइएको छ । पाटन अस्पतालमा भएका घाइतेहरूको विवरण मन्त्रालयले संकलन गर्दैछ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८२ भाद्र २३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP