काठमाडौँ – जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागी घाइते भएका ८ जनाको मृत्यु भएको छ । प्रहरी स्रोतका अनुसार सिभिल अस्पतालमा दुई जना घाइतेको र राष्ट्रिय ट्रमा सेन्टरमा पाँच जनाको मृत्यु भएको हो ।
त्यस्तै, एक प्रदर्शनकारीको संसद् भवन अगाडि नै घटनास्थलमा ज्यान गुमेको छ।
प्रशासनको कर्फ्यूको बेवास्ता नगरी प्रदर्शनकारीहरू प्रदर्शनमा उत्रिएका छन्।
सरकारबिरुद्ध जेनजी पुस्ताको आन्दोलन देशव्यापी रूपमा तीव्र भइरहेको छ।
प्रदर्शनका क्रममा प्रहरीकाे बल प्रयाेगबाट घाइते हुनेहरूको संख्या १३० भन्दा बढी पुगेको छ।
अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार घाइतेहरूको संख्या १३० भन्दा बढी पुगेको हो। त्यसमध्ये १० जना प्रहरी रहेका छन्।
घाइतेहरूको संख्या बढ्दो क्रममा रहेकाले सिभिल अस्पतालको अवस्था अस्तव्यस्त बनेको छ। अस्पतालले घाइतेहरू थेग्न नसकेपछि अन्य अस्पताल पठाउने तयारी गरेको छ। एम्बुलेन्ससमेत अपुग भएपछि अन्य अस्पतालहरूसँग एम्बुलेन्स मागेको छ।
दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...