भ्रष्टाचार र बेथितिविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजी बानेश्वरस्थित संसद् भवनमै प्रवेश गरेका छन्।
बाक्लो मात्रामा प्रहरी परिचालन भइरहेको भए पनि त्यसलाई तोड्दै उनीहरू संसद् भित्रै छिरेका हुन्।
भवन परिसरको मुख्य प्रवेशद्वार र परिसर पर्खालाई भत्काउँदै उनीहरू संसद् भवनभित्र प्रवेश गरेका थिए।
प्रदर्शनकारीको तोडफोडका कारण संसद् भवनको पर्खालमा भ्वाङ परेको छ ।
माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वर पुगेका जेनजी प्रदर्शनकारी संसद भवनको मुल गेटबाछ भित्र छिरेका छन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरुलाई प्रहरीले नियन्त्रणको प्रयास गरिरहेको छ । तर अवस्था नियन्त्रण बाहिर देखिएको छ ।
प्रदर्शनकारीले संसद् भवनको सुरक्षा पोष्ट कब्जा गरेका छन् । सुरक्षा कर्मी बस्ने पोष्टमा पुगेर प्रदर्शनकारीहरु नेपालको झण्डा फहराएका छन् । प्रदर्शन उग्र बनेपछि अहिले बानेश्वर तनावग्रस्त छ । प्रशासनले कफ्र्यु लगाएको छ ।
आन्दोलनकारीहरूले संसद भवनमा आगो लगाएका छन्। उनीहरूले प्रदर्शन भड्किएसँगै संसद भवनको २ नम्बर गेटमा आगो लगाएका हुन्।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...