२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधिको आन्दोलन, सडकमा वडा कार्यालय सञ्चालन 

दिपायल – निर्माण व्यवसायीले सडक निर्माणमा लापरबाही गरेको भन्दै जनप्रतिनिधिहरु आन्दोलनमा उत्रिएका छन् । कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरु निर्माण व्यवसायी विरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

चौकीडाँडा–फल्टुडे सडक निर्माणमा निर्माण व्यवसायीले चरम लापरबाही गरेको भन्दै आन्दोलित जनप्रतिनिधिहरुले सडकमै वडा कार्यालय सञ्चालन गरेका हुन् ।

गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्रप्रसाद भट्टका अनुसार ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले सडकमै वडा कार्यालय सञ्चालन गरेर आन्दोलनमा गरिरहेका छन् ।

एडभेन्चर थिगिम जेभी र तेडी निर्माण सेवाले सडक निर्माणमा चरम लापरबाही गरेकाले सांकेतिक विरोधस्वरुप वडा कार्यालय सडकबाट सञ्चालन गरेको वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाहीले बताए।

दुई दिनभित्र सुनुवाई नभए अत्तरिया चौराहामा विरोधका कार्यक्रम गरिने जनप्रतिनिधिहरूको चेतावनी छ ।

जनप्रतिनिधिहरुको आन्दोलनमा स्थानीयको सहभागिता रहेको छ । विरोध कार्यक्रमस्थलमा प्रदेशसभा सदस्य तुलसी देवकोट र नगरप्रमुख भट्टले सहभागिता जनाएका थिए।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८२ भाद्र २०

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP