२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

मौलिक संस्कृति नै हाम्रो पहिचान हो : उपकुलपति डा. जोशी

दिपायल, भदौ १५ गते । सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद डा. टीएन जोशीले मौलिक संस्कृति नै हाम्रो पहिचान भएको बताए । प्रतिष्ठानको मुख्य प्रबर्द्धन र प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियाको आयोजनामा शनिबार अत्तरियामा आयोजित लाइभ डेउडा कार्यक्रमको उद्घाटन गर्दै जोशीले यस्तो बताएका हुन् ।

सुदूरपश्चिमको मौलिक संस्कृतिलाई जगेर्ना गर्न सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान सकृय रहेको बताउँदै उनले कलाकार राष्ट्रका गहना भएको बताए । ” कलाकार राष्ट्रका गहना हुन र माैलिक संस्कृति हाम्रो पहिचान हो,”उपकुलपति जोशीले भने,” त्यस्ता स्रष्टाको सम्मान र मौलिक संस्कृतिको संरक्षण प्रवर्द्धन हाम्रो जिम्मेवारी हो । हामी त्यसका लागि सधैं प्रतिबद्ध छौं ।”

कार्यक्रममा वरिष्ठ डेउडिया दीर्घ फुलारा र ममता धामीको लाइभ डेउडा रोचक रहेको थियो । पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा सम्पन्न समारोहमा नगर प्रवक्ता गोपालदत्त भट्टलगायत सयौं व्यक्तिहरुको ऊल्लेख्य सहभागिता रहेको थियो ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८२ भाद्र १५

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP