२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

डोटीमा एक लाख ११ हजार पुरस्कार राशिको क्रिकेट प्रतियोगिता आयोजना हुने


दिपायल, भदौ ७ गते । डोटीमा “दिल्पेश्वर लिग” क्रिकेट प्रतियोगिता हुने भएको छ । दिल्पेश्वर स्पोर्ट्स क्लबको आयोजनामा “दिल्पेश्वर क्रिकेट लिग” (डिसिएल) को तेसा्रे संस्करण आयोजना हुन लागेको हो ।

शनिवार दिपायलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी गराइएको हो । दिल्पेश्वर क्रिकेट लिगसँगै सांस्कृतिक मेलाको पनि आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगिता दिपायल सिलगढी नगरपालिका– ३ मठ स्थित दिल्पेश्वर खेल मैदानमा आयोजना हुने छ ।

दशैं र तिहारलाई लक्षित गरेर असोज ६ गते देखि १२ गतेसम्म प्रतियोगिता आयोजना हुने छ । उक्त प्रतियोगिताको प्रथम पुरस्कार राशि ट्रफी, मेडलसहित एक लाख ११ हजार एक सय ११ रहेको छ । द्वितीय पुरस्कार राशि ५१ हजार एक सय ११ रहेको छ । प्रतियोगितामा म्यान अफ द म्याच, बेस्ट बलर, बेस्ट ह्वाट्स म्यान, म्यान अफ द सिरिज लगायतका खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको क्लबका रामभक्त सुनारले शिखर समाचारसँग बताए ।

प्रतियोगितामा सहभागी टिममा डोटी जिल्लाका ६ जना खेलाडी अनिवार्य हुनुपर्ने छ । जिल्ला बाहिरका ५ जना खेलाडीहरु टिममा सहभागी हुन पाउने छन् । खेलाडी विदेशी नागरिक भए दुई जनासम्म टिममा समेट्न सकिने छ । जिल्ला बाहिरका खेलाडीहरुसँग मिलेर खेल्दा डोटीका खेलाडीहरुलाई सिक्नेमौका मिल्ने भएकाले यस्तो गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो चरणमा नकआउट र दोस्रो चरणमा लिग सिस्टमले खेल खेलाइने छ । प्रथम चरणको विजेताले मात्रै लिग खेल्न पाउने छन् । टिम दर्ता शुल्क ७ हजार कायम गरिएको छ । इच्छुक खेलाडीहरुले असोज ३ गतेभित्र टिम दर्ता गरिसक्नु पर्ने छ । असोज ५ गते टाइसिट सार्वजनिक गरिने छ ।

प्रतियोगिता सफतापूर्वक सम्पन्न गर्नका लागि क्लबले दीर्घराज माझीको संयोजकत्वमा प्रतियोगिता आयोजक मुल समिति र अन्य उप–समितिहरु गठन गरेको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८२ भाद्र ७

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP