२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

रणभूमि बन्यो कैलाली कारागार : कैदीबन्दीहरूबीच झडप, एक जनाको मृत्यु ४७ घाइते

एआईको सहयोगमा निर्मित सांकेतिक तस्बिर

दिपायल, साउन २४ गते । कैलाली कारागारभित्र दुई समूहबीच झण्डप भएको छ । शुक्रबार राति कारागारमा कैदीबन्दीहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्।

कैदीहरूको स्थानान्तरणको विषयलाई लिएर झडप भएको बताइएको छ । राति एक्कासी रणभूमिमा परिणत भएको कारागारमा ४० वर्षीय भरत चौधरीको मृत्यु भएको हो ।

भूपेन्द्र बडूवाल हत्याकाण्डका आरोपीहरूको कागजी सुरुवा गरेपनि स्थानान्तरण नभएपछि कारागारभित्र दुई समूहबीच झण्डप भएको बताइएको छ । कारागारका नाइकेले हत्या आरोपी मदन शाही, कपिल श्रेष्ठ, निशान्त मल्लको सरुवा गर्न सुझाव दिँदा पनि उनीहरूको स्थानान्तरण हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालयलका अनुसार दुई समूहबीच भएको झडपमा घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

‘ए’ ब्लक र ‘बी’ब्लकका कैदीहरूको समूहबीच झगडा भएको बताइएको छ।

कारागारमा तनाव भएपछि घटनाको विवरण बुझ्न गएका सुरक्षा निकायका प्रमुखहरूलाई कैदीबन्दीले भित्र जानबाट रोकेका छन्। कारागार प्रशासनसम्म पुगेको टोली घटनास्थल निरीक्षक नगरी फर्किएको हो।

कैदीबन्दीहरुले कसैलाई पनि जान नदिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुले सिलिण्डर, रड राखेर ढोकामा उभिएका छन्। यस्तै मिडियालाई पनि अस्पताल र कारागार जानबाट रोकिएको छ। घटनाबारे आफन्तलाई पनि जानकारी दिइएको छैन।

डेढ सय क्षमता भएको कारागारमा सात सय जनाभन्दा बढी कैदी रहेका छन्।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८२ श्रावण २४

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP