दिपायल – शिखर नगरपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरूमा तालिमप्राप्त खेलकुद शिक्षक खटाइएको छ। नगरपालिकाले २४ जना शिक्षकहरुलाई ५ दिने तालिम दिएर विद्यालयमा खटाएको हो ।
विद्यालयमा कार्यरत शिक्षकहरुलाई खेकुद सम्बन्धी ५ दिने क्षमता विकास तालीम दिइएको हो । नगरपालिका अन्तर्गतका माध्यमिक विद्यालय र कक्षा ८ सम्म सञ्चालित आधारभूत विद्यालयमा कार्यरत शिक्षकहरुको क्षमता विकास गर्ने उद्देश्यसहित तालिमको आयोजना गरिएको जनाइएको छ।
तालिममा एथलेटिक्स, भलिबल, कबड्डी र खेल सम्बन्धी प्रशासनिक तथा व्यवस्थापकी पक्ष सबन्धी तालिम दिइएको थियो । ५ दिनसम्म सञ्चालित उक्त तालिममा ३ जना छुट्टाछुट्टै विधाका प्रशिक्षकको व्यवस्था गरिएको थियो । क्षमता विकास तालिममा नगरका २४ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
क्षमता विकास तालिममा खेलका सैद्धान्तिक र व्यावहारिक पक्ष, नियम, एक्सरसाइज लगायतका कुराहरू समेटिएको थियो । सहभागी शिक्षकहरुलाई अभ्यास सहितको तालिम दिएको थियो ।
शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलयरले तालिमप्राप्त शिक्षकहरुको काँधमा शिक्षा सँगसँगै खेलकुदको माध्यमबाट पनि विद्यार्थीहरुलाई अनुशासित, लगनशील बनाउने जिम्मेवारी पनि थपिएको बताए ।
नगर उपप्रमुख सुनिता रावल जोरले पढाई सँगसँगै विद्यार्थीहरूका लागि खेलकुद पनि आबस्यक भएको महसुस गर्दै तालिमको आयोजना गरिएको बताइन् ।
बालबालिकाहरु पछिल्लो समय भित्रै बसेर डिजिटल खेलहरु खेल्ने, बाहिरी खेलहरूमा रुचि नराख्ने प्रवृति रहेको प्रमुख प्रशासकीय अधिकृत हरीन्द्र कुमार श्रेष्ठले बताए । उनले तालिम प्राप्त खेल शिक्षकले बालबालिकालाई अभ्यास सहितको खेलसँग जोड्ने विश्वास व्यक्त गरे ।
शिक्षा शाखा प्रमुख शेर बहादुर कार्कीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले तालिममा सहभागी खेल शिक्षकहरुले प्रमाणपत्रसहित खेल खेलाउने आधिकारिकता प्राप्त गरेको बताए ।
तालिममा सहभागी शिक्षकहरुले ५ दिने तालिम विद्यालय, विद्यार्थी र शिक्षकका लागि महत्वपूर्ण रहेको बताए । उनिहरुले खेल सम्बन्धी प्राप्त सैद्धान्तिक र व्यावहारिक ज्ञान विद्यालयमा उपयोग गर्ने बताए ।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...