दिपायल – सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको सीताराम बहुमुखी क्याम्पस उच्चाकोटको स्ववियु अध्यक्षमा नेविसंघका उमेश बलायर निर्वाचित भएका छन् । अध्यक्ष बलायरसहित नेविसंघका सम्पूर्ण पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित बलायर दोस्रो पटक स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृत चेतराज भट्टका अनुसार उपाध्यक्षमा मनिषा कुमारी भट्ट ( रोस्यारा ), सचिवमा ललित बहादुर साउद, सह सचिवमा लक्ष्मी कुमारी विक, कोषाध्यक्षमा कविता कुमारी बलायर निर्वाचित भएका हुन् ।
सदस्यहरुमा टिकेश्वरी जैसी, शोभा बलायर, माया बलायर, यशोदा कुमारी भट्ट, शारदा खडक र लालमनी भट्ट निर्वाचित भएका छन् ।
निर्वाचित पधाधिकारीहरुलाई बिहीबार सपथ तथा पदभार ग्रहण गराइएको छ । शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरको प्रमुख आथित्यतामा कार्यक्रमको आयोजना गरिएको हो ।
नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै नगर प्रमुख बलायरले क्याम्पसको शैक्षिक उन्नतिका लागि नगर सरकारले समन्वय, सहकार्य र सक्दो सहयोग गर्दै आइरहेको बताए । स्ववियु निर्वाचन विद्यार्थीहरुले आफ्नो पढाईसँगै शैक्षिक संस्थाको हितका लागि, विद्यार्थीको हकहितका लागि काम गर्नु पर्ने उनको भनाइ थियो ।
क्याम्पसका विद्यार्थीहरुलाई मध्यनजर गर्दै क्याम्पसमा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न नगर सरकारले दुई लाख बजेट विनियोजित गरेको नगर प्रमुख बलायरले बताए ।
नव निर्वाचित स्ववियु अध्यक्ष उमेश बलायरले क्याम्पसको शैक्षिक उन्नति, विद्यार्थीको हक हितसँगै सुदूरपश्चिम विश्व विद्यालयको हकहित र त्यो अन्तर्गतका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको हितमा काम गर्ने वाचा गरे । “सुदूरपश्चिम विश्वविद्यालयमा अहिलेसम्म स्ववियुले नेतृत्व पाएको छैन, निर्वाचन हुन पाएको छैन, विश्वविद्यालय स्ववियु विहिन छ,”उनले भने,”यसवर्ष पनि निर्वाचन अन्यौलमा छ। हामी सबै क्याम्पसका स्ववियु नेतृत्वकर्ताहरुसँग छफलमा छौं। विश्वविद्यालयले स्ववियु नेतृत्व पाउने गरेर काम गर्ने छौं।”
धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...