२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका लामा २५ करोडसहित पक्राउ

काठमाडौंको टोखाबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका कुशाङ लामा राजस्व छली र सुन तस्करीमा यसअघि ५ वर्ष जेल बसेको खुलेको छ ।

ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकमा लुकाएर राखिएको २५ करोड १ लाख ६० हजार ३ सय ३८ रुपैयाँसहित उनलाई गएराति प्रहरीले टोखा नगरपालिका-२ झोरबाट पक्राउ गरेको थियो । लामा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ का हुन् ।

‘क्याबिनमाथिको बायाँतिर फल्स बटम बनाई सबै रकम त्यहीँ लुकाएर राखिएको अवस्थामा बरामद गरेका हौं,’ आज पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले भने । प्रहरीले उनीबाट अमेरिकी डलर र युरो बरामद गरेको हो । गाडीका चालक रहेका उनी एक्लै थिए ।

सुन तस्करीमा २०७३ पुस १३ मा समातिएका लामा ५ वर्ष जेल बसेको एसएसपी बस्नेतले बताए ।

लामाले चलाएको गाडी उनको आमाको नाममा रहेको प्रहरीको भनाइ छ ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८१ चैत्र ५

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP