२०८२ फाल्गुन २९, शुक्रबार
March 13, 2026, Friday

डोटीबाट ४ हजार ६२ जना परीक्षार्थी एसईईमा सहभागी हुँदै, छात्राको संख्या बढी

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा डोटीबाट चार हजार ६२ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालय दिपायलले उपलब्ध गराएको तथ्याङ्क अनुसार दुई हजार २२२ जना छात्रा र एक हजार ८४० जना छात्र परीक्षामा सहभागी हुने छन् ।

गत वर्षको तुलनामा डोटीबाट एसईई दिने विद्यार्थीहरुको संख्यामा यस वर्ष ८४५ ले वृद्धि भएको छ । गत वर्ष डोटीबाट तीन हजार २१७ जना विद्यार्थीहरु एसईईमा सहभागी थिए । डोटीबाट एसईईमा सहभागी हुने विद्यार्थीहरुमध्य छात्राको संख्या ३८२ जनाले बढी छ ।

शिखर समाचारलाई प्राप्त तथ्याङ्क अनुसार डोटीबाट परीक्षामा सहभागी हुने चार हजार ६२ जना विद्यार्थीहरु मध्य प्राविधिकधार तर्फ नियमित ६३ जना छात्र र ५५ जना छात्रा गरी जम्मा ११८ जना परीक्षामा सहभागी हुदैछन् । त्यस्तै साधारण तर्फ नियमित एक हजार ४०७ जना छात्र र एक हजार ५२० छात्रा गरी जम्मा २ हजार ९२७ जना विद्यार्थीहरु सहभागी हँदैछन् । ग्रेडवृद्धि तर्फ ३७० छात्र र ६४७ गरी जम्मा १ हजार १७ जना विद्यार्थीहरु एसईईमा सहभागी हुँदैछन् ।

यसपटक डोटीका लागि डोटीका लागि १५ वटा परीक्षा केन्द्र तोकिएको छ ।

यस वर्ष सुदूरपश्चिमबाट २८ हजार ६६ जना छात्र र ३० हजार ८७७ जना छात्रा गरी जम्मा ५८ हजार ९४३ जना विद्यार्थीहरु एसईईमा सहभागी हुने छन् ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०८१ चैत्र ४

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP