२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

पूर्वराजा शाह समिट एअरको विमान चार्टर्ड गरेर काठमाडौं फर्किंए

पूर्वराजा ज्ञानेन्द्र शाह चार्टर्ड विमानबाट काठमाडौं फर्किने भएका छन्।

पूर्वराजा शाह समिट एअरको चार्टर्ड विमानबाट पोखराको पुरानो विमानस्थल हुँदै काठमाडौं उत्रिन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन।

उनी भैरहवाबाट पोखरा पनि सोही विमान चार्टर्ड गरेर गएका थिए।

पूर्वराजा शाह दिउँसो साढे २ बजे काठमाडौं जाने तय भएको छ। उनलाई स्वागत गर्न राजावादीहरू जाने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ।

Related News

बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु
बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु
  • २०८१ फाल्गुन २५

बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु धनगढी...

TOP