२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

एसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिने


दिपायल- शिखर नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गर्ने भएको छ । चैत्र ७ गते देखि सुरु हुने एसईईमा सहभागी विद्यार्थीहरुमध्य उत्कृष्ठ नतिजा ल्याउन तीन जनालाई पुरस्कृत गरिने नगरपालिकाले जनाएको छ ।

शिखर नगरपालिका अन्तरगतका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुमध्य प्रदेश टप गर्नेे एक जना विद्यार्थीलाई ५१ हजार नगदसहित पुरस्कृत गरिने छ । त्यस्तै जिल्ला टप गर्ने एक जनालाई ३१ हजार नगदसहित पुरस्कृत गरिने छ भने नगर टप गर्ने एक जनालाई २१ हजारसहित पुरस्कृत गरिने छ । उक्त पुरस्कार बालदिवसको अवसरमा प्रदान गरिने छ ।

विद्यार्थीहारुको हौसला बढाउनका लागि सो पुरस्कारको व्यवस्था गरिएको नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए । एसईई निजिकिदै जाँदा विद्यार्थीहरुले थप मेहनत गरेर अध्ययन गर्ने विश्वास लिएको उनले बताए ।

शिखर नगरपालिकामा १३ वटा सामुदायिक र एक वटा संस्थागत विद्यालय गरेर १४ वटा मावि विद्यालय रहेका छन् । यस वर्ष शिखर नगरपालिकाबाट ५ सय २२ जना विद्यार्थी एसईईमा सहभागि हुने छन् । तीनै विद्यार्थीहरुबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिनेछ ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८१ फाल्गुन ९

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP