२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

हस्पिटलको शौचालयमा युवक मृत फेला

धनगढी । धनगढीको नोभा हस्पिटलमा कुरुवा बसेका एक युवक शौचालयमा मृत अवस्थामा भेटिएका छन् । बुधबार राति २ बजेतिर कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रविन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले १७ महिनाका भतिजा दिभानको कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको बताए । उनकाअनुसार राति २ बजेतिर राना शौचालय गएका थिए ।

धेरैबेरसम्म नफर्किएपछि हस्पिटलका सुुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको डीएसपी बोहराले बताए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०८१ माघ २४

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP