२०८३ कार्तिक ६, बिहीबार
October 22, 2026, Thursday

प्याराफिट सहितको खेल मैदान बन्छ : नगर प्रमुख खड्का

दिपायल । दिपायलमा व्यवस्थीत प्याराफिट सहितको खेल मैदान बनाउन आवश्यक रहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाँजि सिंह खड्का ( बिजय)ले बताए ।

उक्त खेल मैदानमा नगरपालिका जति लगानी गर्नु पर्ने लगानी गर्न पछि नह्टने प्रतिबद्धता समेत गरे । डोटीको दिपायलमा रहेको दिल्पेश्वर स्पोर्ट्स क्लबको आयोजना गरको दिल्पेश्वर भलिबल लिग (डिभिल २ ) तथा साँस्कृतिक मेला आयोजनामा प्रमुख अतिथि समेत रहेका नगर प्रमुख खड्काले कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन । उनले भने,‘ दिपायल सिलगढी नगरपालिका भित्र सबै भन्दा उत्कृष्ट दिल्पेश्वर स्पोर्टस क्लब रहेको दावी गरे । उक्त क्लबले धेरै कार्यक्रमहरु संचालन गरेको छ,कार्याक्रममा भएको सम्पुर्ण खर्च समेत सार्वजनिक गर्ने गरेको बताए ।

यस्तै कार्याक्रमा बिशिष्ट अतिथि रहेका पुर्वीचौकि गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले यस क्लबले डोटीमा सबै भन्दा राम्रो काम गरेको बताए । उनले भने आगामी दिनमा पनि यस्तै काम गर्नु हुन समेत सुझाब दिएका थिए ।

उक्त प्रतियोगितामा लालीगुराँस यूवा क्लब कलेना, नवदुर्गा गाउँपालिका डडेल्धुरा, ओआईसि कस्ट्रक्सन डोटी, आयोजक ए र बि, के आईसिंह ५,प्रहरी तालिम केन्द्र दिपायल,रोयल राजपुर,सहनसिल समैजी यूवा क्लब डडेल्धुरा,दिपायल सिलगढी नगरपालिका डोटी,दिसिनपा ४ राजपुर,सायल गाउँपालिका र पुर्वीचौकि गाउँपालिका डोटी गरी १३ टिम सहभागी रहेको आयोजकले जनाएको छ ।

आजको पहिलो खेल पुर्वीचौकी गाउँपालिका र कलेना बिच हुँदै छ ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८१ माघ १०

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP