दिपायल । नेकपा एमालेमा कारबाहीमा परेका पुर्व गृहमन्त्री डा. भीम रावल पक्षीय गतिविधिमा सक्रिय देखिएपछि एमाले कैलालीले पूर्वमन्त्री सहित दुई जनालाई कारबाही गरेको छ ।
नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उनका छोरा भीष्मराज सुवेदीलाई कारबाही गरेको हो । भीष्मराज जिल्ला सदस्य समेत हुन ।
एमाले कैलाली सचिव ममता प्रसाद चौधरीका अनुसार (हिजो) शनिबार बसेको एमाले जिल्ला सचिवालय बैठकबाट उनीहरूलाई कारबाही गरेको हो । पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई पार्टीको सङ्गठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको जिल्ला सचिव चौधरीले जानकारी दिए ।
दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...