२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

दार्चुलामा दर्शनार्थी बोेकेको जिप दुर्घटना, ६ जनाको मृत्यु ७ जना घाइते

दार्चुला। दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका –६ को बकजेबलामा म१ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्युु भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजिव बस्नेतले दुर्घटनामा ६ जनाको मृत्यु भएको बताए। मृतकको सनाखत हुन बाँकी छ। उनकाअनुसार अन्य ७ जना घाइते भएका छन् भने बाँकी यात्रु पनि सवार रहेको हुनसक्ने भएकाले खोजी भइरहेको छ। मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको हो।

प्रहरीकाअनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जिप दुर्घटनामा परेको हो। जिप सडकबाट करीब १०० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुलेको छैन्।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ कार्तिक ३०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP